बाक्लो हुस्सुका कारण Queenstownमा उडानहरु प्रभावित, जहाजहरु आकाश मै होल्ड – New Zealand News Nepal (NZ News Nepal)

बाक्लो हुस्सुका कारण Queenstownमा उडानहरु प्रभावित, जहाजहरु आकाश मै होल्ड

   June 20, 2023  

बाक्लो हुस्सुका कारण न्युजिल्याण्डको साउथ आईल्याण्डमा रहेको Queenstown Airport प्रभावित बनेको छ ।
बिहान देखि हुस्सु लाग्नुको साथै भिजीबिलिटी कम भएपछि उडानहरु प्रभावित भएको हो ।
बिभिन्न स्थानबाट आएका बिमानहरु अहिले आकाशमै होल्ड गरिएको छ । अकल्याण्डबाट आएको एयर न्युजिल्याण्डको बिमानलाई बिचबाटै पुन: अकल्याण्ड फर्काईएको छ ।

त्यस्तै अष्ट्रेलियाको मेलबर्न र गोल्डकोस्ट बाट आएको जेटस्टारको बिमानहरु आकाशमै फन्को मारिरहेका छन् ।


Queenstown Airport का अनुसार केही उडानहरु रद्द गरिएको छ भने अवतरण हुने उडान पनि घटाईएको छ ।