ईन्डियन आँप अब न्युजिल्याण्डमा – New Zealand News Nepal (NZ News Nepal)

ईन्डियन आँप अब न्युजिल्याण्डमा

   July 2, 2023  

नेपालमा अहिले आँपको सिजन चलिरहेको छ । गाउँ घरमा आफ्नो परिवार आँप खाएर रमाईरहेको बेला न्युजिल्याण्डमा बस्ने नेपाली भने यहाँ ‘आँप नै पाईदैन, पाईए पनि खल्लो न खल्लो हुन्छ’ भनेर गुनासो गर्न बाध्य हुन्छन् । तर अब भने नेपालमा पाईने भारतीय आँपहरु न्युजिल्याण्ड मै खान पाईने भएको छ । न्युजिल्याण्डले भारतबाट आयात हुने आँपमा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै न्युजिल्याण्डमा अब भारतका ताजा ताजा आँप पाउन थालेका छन्। बिशेषत देशभरका बिभिन्न स्थानमा रहेको ईण्डियन स्टोरहरुमा भारतबाट आएका आँपको बिक्री सुरु गरिएको छ । वेलिङ्टनमा रहेको ईण्डियन हाईकमिशनका अनुसार न्युजिल्याण्डले भारतिय आँपमा लगाएको प्रतिबन्ध हटाएसगैँ भारतका केशर लगायतका आँप न्युजिल्याण्डमा पाउन थालेको हो । यसअघि पनि न्युजिल्याण्डमा आँप नपाउने भने होइन । न्युजिल्याण्डका सुपरमर्केटहरुमा पेरु र मेक्सिकोका आँपहरु यसअघि नै बिक्रीमा राखिएको छ तर तिनिहरुमा भारतीय आँपको जस्तो स्वाद नहुने भएकाले पनि त्यति रुचाईएको पाईदैन । अहिले न्युजिल्याण्डका बिभिन्न शहरहरुको ईन्डियन पसलमा आँप बिक्रीमा राखिएको छ ।