न्युजिल्याण्डमा आज ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्यमन्त्रालयका महानिर्देशक डा यस्ले ब्लूम्फिल्डका अनुसार पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा ११ जना संक्रमित थपिएका हुन् । यो सँगै न्युजिल्याण्डमा डेल्टा भेरियन्ट कोरोना संक्रमितको संख्या ८७९ पुगेको छ । १७ जनाको अस्पातलमा उपचार भईरहेको छ भने ४ जना लाई आसियुमा राखिएको छ ।


