माओरी समुदायले लगाउन मानेनन् कोरोनाको खोप – New Zealand News Nepal (NZ News Nepal)

माओरी समुदायले लगाउन मानेनन् कोरोनाको खोप

   September 10, 2021  

न्युजिल्याण्डमा रहेका माओरी समुदायका थोरै मानिसहरुले मात्र कोरोनाको खोप लगाएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको बिवरण अनुसार माओरी समुदायका केही मानिसले मात्र कोरोनाबिरुद्धको खोप लगाएका छन् । हालसम्म माओरी समुदायका मात्र २१ % ले मात्र खोप लगाएको मन्त्रालयको विबरणमा उल्लेख छ । २१ % मा प्राय ५० वर्ष मुनिका व्यक्ती जस्मा पनि २० देखि ३४ वर्षकाले कोरोनाको खोप लागाएका छन् । माओरी समुदाय खोपमा पछि परेको भन्दै माओरी नेताहरुले चिन्ता व्यक्त गरेका छन् । खोप केन्द्र मध्यको एक मानुरेवा मराईका प्रमुख नतसा केम्पका अनुसार अहिले माओरी समुदाय कोरोनाको खोप लगाउन नआएको र यस्लाई गम्भिर रुपमा लिएर केही नयाँ ढंगले अघि बढ्नु पर्ने बताईन् । माओरी समुदायमा अली बढी जनचेतनाको आवश्यक भएको पनि उनको भनाई थियो । मन्त्रालयको बिवरणमा उल्लेख भए अनुसार हालसम्म ३४ % युरोपियन पूर्ण रुपमा खोपयुक्त भएका छन्।