यो वर्ष न्युजिल्याण्डमा जाडो लम्बिने – New Zealand News Nepal (NZ News Nepal)

यो वर्ष न्युजिल्याण्डमा जाडो लम्बिने

   August 16, 2023  

न्युजिल्याण्डमा यो वर्ष जाडो मौसम केही लम्बिने भएको छ । मेट सर्भिसका अनुसार न्युजिल्याण्डभरि नै गत वर्ष भन्दा यो वर्ष जाडो केही लामो समय सम्म हुने छ । न्युजिल्याण्डमा सामान्यता जुन, जुलाई र अगस्त महिनालाई जाडो महिनाको रुपमा लिईन्छ । त्यस्पछि सेप्टेम्बरबाट बसन्त ऋतु सुरु हुन्छ । तर मेट सर्भिसले यो वर्ष बसन्त ऋतु सुरु हुन ढिला हुने बताएको छ । यस्को मतलब जाडो केही दिन लम्बिने छ । अगस्तको मध्य आईपुग्दा देशभरको तापक्रममा उल्लेख्य सुधार भएको छैन । साउथको धेरै स्थानमा हिमपात जारी छ भने नर्थका बिभिन्न भुभागमा चिसो कायम रहेको छ । यो साताको अन्त्य अर्थात शनिबार र आईतबार देशभर चिसो बढ्ने छ । त्यस्तै यि दुवै दिन देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको मेट सर्भिसले जनाएको छ ।