साउथ आईल्याण्डमा गयो ६ रेक्टर स्केलको भुकम्प – New Zealand News Nepal (NZ News Nepal)

साउथ आईल्याण्डमा गयो ६ रेक्टर स्केलको भुकम्प

   September 20, 2023  

न्युजिल्याण्डको साउथ आईल्याण्डमा कडा भुकम्प गएको छ । साउथ आईल्याण्डको Geraldine देखि ४५ किलोमिटर उत्तरमा भुकम्पको केन्द्र बिन्दु थियो । आज बिहान ९: १४ बजे ६ रेक्टर स्केलको भुकम्प गएको हो । भकम्पको केन्द्र बिन्दुको गहराई ११ किलोमिटर मात्र भएकाले साउथ आईल्याण्डभरि भुकम्पको कडा धक्का महसिस गरिएको थियो । भुकम्पबाट सुनामीको खतरा नरहेको तर धक्काका कारण केही भौतिक क्षति भएको राष्ट्रिय बिपद व्यवस्थापना आयोगले जनाएको छ ।