न्युजिल्याण्डका बिभिन्न शहरहरुमा गर्मी बढ्न थालेको छ । नयाँ वर्षको सुरुवात सँगै न्युजिल्याण्डमा मध्य गर्मीको महिना सुरु हुन्छ । जनवरीको मध्य आसपास आईपुग्दा न्युजिल्याण्डमा गर्मी बढ्न थालेको हो ।
बिशेषगरि नर्थ आईल्याण्डको बिभिन्न शहरमा तापक्रम बढ्न थालेको हो । नर्थ आईल्याण्डको ह्यामिल्टन मा आज बुधबार धेरै गर्मी महसुस गरिएको थियो । ह्यामिल्टनमा आजको अधिकतम तापक्रम २८ डिग्री सम्म पुगेको थियो । त्यस्तै नर्थ कै अकल्याण्डमा २७ डिग्री, तउरङामा २५ डिग्री, रोतोरुवामा २६ डिग्री, गिस्बोर्नमा २४ डिग्री, न्यु प्लाईमाउथमा २४ डिग्री, ताउपोमा २६ डिग्री, नेपियरमा २४ डिग्री, पाल्मेर्सन नर्थमा २७ डिग्री र राजधानी वेलिङ्टनमा २५ डिग्रीसम्मा अघिकतम तापक्रम महसुस गरिएको थियो ।
उता साउथका शहरहरुमा तापक्रम बढ्ने क्रममा रहेको मेटसर्भिसले जनाएको छ । साउथको नेल्सनमा आज दिउसोको अधिकतम तापक्रम २३ डिग्री, क्राईसचर्चामा २२ डिग्री, कुईन्सटाउनमा २४ डिग्री, डुनेडिनमा छ डिग्री र ईन्भरकार्गिलमा २५ डिग्री सम्म पुगेको थियो । साउथका क्षेत्रमा त्यती गर्मी महसुस नभएपनी नर्थमा उत्तरी भुभागमा भने गर्मी महसुस हुन थालेको छ ।
न्युजिल्याण्डमा डिसेम्बर देखि फेब्रुअरी सम्मलाई गर्मी महिनाको रुपमा लिने गरिन्छ । न्युजिल्याण्डमा ओजोन तहको अभावका कारणले यहाँ सामान्य घाम लाग्दा र थोरै तापक्रम बढ्दा पनि गर्मी महसुस हुने गर्दछ ।


