न्युजिल्याण्डमा शरद ऋतु सुरु, देशभर मौसममा बद्ली आउने सम्भावना – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा शरद ऋतु सुरु, देशभर मौसममा बद्ली आउने सम्भावना

   March 1, 2024  

न्युजिल्याण्डमा शरद ऋतु प्रारम्भ भएको छ । आज बाट मार्च महिना सुरु भए सँगै न्युजिल्याण्डमा शरद ऋतुको आगमन भएको मानिन्छ ।

वर्षको तेस्रो महिना बाट सुरु हुने शरद ऋतु ३ महिना सम्म रहन्छ । जुनबाट भने यहाँ जाडो याम सुरु हुन्छ । हुन त देशको बिभिन्न भागमा बिहानीपख चिसो बढ्न थालेको छ ।

दिउँसोको समयमा भने हल्का गर्मी नै महसुस हुने गरेको छ । मार्च महिना लागे सँगै अब देशभर तापक्रम घट्ने छ । डे लाईट सेभिङ अर्थात अप्रिल ७ सम्म दिनहरु लामो लाग्ने छन् । त्यसपछि भने दिन छोटो हुँदै जाने छ ।

शरद ऋतुमा वातावरणमा परिवर्तन देखिन थाल्ने छ , रुख हरुमा रहेका पालुवाको रङमा परिवर्तन आउने छ र जमिनमा झर्न थाल्ने  छन् भने हाईकिङ, क्याम्पिङ, साईकिलिङ गर्नेहरुका लागि यो समय उपयुक्त रहने छ । निलो आकाश खुला रुपमा देखा पर्ने छ र दिन रमणिय हुने छ ।

शरद ऋतुको सुरुवात भएता पनि देशभरको मौसममा भने बद्ली आउने सम्भावना रहेको मेट सर्भिसले जनाएको छ । मेट सर्भिसका अनुसार आउदो केही दिन देशका बिभिन्न ठाउँमा वर्षा र हवाहुरीको सम्भावना रहेको छ ।

नर्थ आईल्याण्डमा गर्मी मौसमको अन्त्य भएको महसुस गर्न भने केही समय लाग्ने बताईएको छ । दिनहरु न्यानो हुने भएकाले केही ठाउँमा गर्मी नै हुने छ । उता साउथमा बिभिन्न ठाउँमा सामान्य हिमपात सुरु हुने छ जस्ले गर्दा केही स्थानमा चिसो सुरु हुने छ ।