क्राईसचर्च: अवतरण गर्ने क्रममा घासेँ मैदानमा पुग्यो जेट स्टारको बिमान – New Zealand News Nepal (NZ News Nepal)

क्राईसचर्च: अवतरण गर्ने क्रममा घासेँ मैदानमा पुग्यो जेट स्टारको बिमान

   May 31, 2024  

अकल्याण्डबाट उडेको जेटस्टारको बिमान ठुलो दुर्घटनाबाट जोगिएको छ  ।
अकल्याण्ड बिमान्स्थलबाट बिहान ६:३१ मा उडेको जेट स्टारको जे क्यु २२५ फ्लाईटको बिमान क्राईसचर्च एयरपोर्टमा ७:४५ मा अवतरण भएको थियो ।
तर अवतरण हुने क्रममा बिमान धावन मार्गबाट चिप्लिएर घासेँ मैदानमा पुगेको थियो ।

बिमान अवतरण गर्ने क्रममा स्टेरिङ्गमा समस्या आएपछि बिमान धावन मार्गबाट बाहिर गएको बताईएको छ । घटना लगतै बिमानस्थललाई बन्द गरिएको थियो । कयौ उडान स्थगित गरिएको थियो भने क्राईसचर्च आउँदै गरेका बिमानलाई डाईभर्ट गरिएको थियो । दुर्घटनामा परेको बिमानलाई धावनमार्गबाट हटाए पछि बिमानस्थल पुन: संचालनमा आएको थियो ।