ईतिहास: कुनै बेला अकल्याण्ड थियो न्युजिल्याण्डको राजधानी – New Zealand News Nepal (NZ News Nepal)

ईतिहास: कुनै बेला अकल्याण्ड थियो न्युजिल्याण्डको राजधानी

   June 21, 2024  

 

न्युजिल्याण्डको राजधानी हाल वेलिङ्टन रहेको छ । तर कुनै समय हाल देश कै ठुलो शहरको रुपमा रहेको अकल्याण्ड न्युजिल्याण्डको केन्द्रिय राजधानी थियो । यो १८४ वर्ष अगाडिको कुरा हो जुन समय न्युजिल्याण्डको राजधानी अकल्याण्ड थियो । सन् १८४१ देखि १८६५ सम्म देशको राजधानी अकल्याण्ड रहेको थियो । तर अकल्याण्ड नै न्युजिल्याण्डको पहिलो राजधानी भने होइन सन् १८४० मा वाईतागीँ सन्धी भएसंगै न्युजिल्याण्डमा बेलायती साम्रज्य स्थापना भएको थियो । त्यो बेला नर्थ आईल्याण्ड कै बे अफ आईल्याण्डमा रहेको ओकियातो देशको राजधानी थियो । यो नै न्युजिल्याण्डको पहिलो राजधानी हो । वाईतागीँ सन्धी पस्च्यात देशको राजधानी ओकियातोबाट अकल्याण्ड सारिएको थियो । सन् १८६५ मा न्युजिल्याण्डको चौथो प्रधानमन्त्री र ३ जना अष्ट्रेलियन कमिश्नरको निर्णयमा न्युजिल्याण्डको राजधानीलाई साउथ आईल्याण्ड र नर्थ आईल्याण्ड बिचमा पर्ने गरि वेलिङ्टनलाई चुनिएको थियो । त्यसयता वेलिङ्टन न्युजिल्याण्डको राजधानीको रुपमा रहेको छ ।