स्टेरिङ्गमा समस्या आएपछि पानीमा फस्यो ईन्टर आईल्याण्डरको फेरि – New Zealand News Nepal (NZ News Nepal)

स्टेरिङ्गमा समस्या आएपछि पानीमा फस्यो ईन्टर आईल्याण्डरको फेरि

   June 23, 2024  

साउथ आईल्याण्डको पिक्टनबाट राजधानी वेलिङ्टनका लागि हिंडेको ईन्टर आईल्याण्डरको फेरि गत शुक्रबार पिक्टन नजिकै पानीमा फसेको छ ।
स्टेरिङ्गमा समस्या आएपछि सामान ढुवानी गरिरहेको फेरि पिक्टनबाट हिंडेको केही समय मै पानीमा फसेको हो । उक्त फेरि पानी बाट जमिन तर्फ तेर्सिएर फसेको थियो । फेरिमा ४७ जना सवार थिए जस्मा ८ जना फेरिका चालक रहेका थिए । उनिहरुको उद्दार गरिसकिएको छ भने फेरिलाई पनि शनिबार साझँ फसेको ठाउँबाट निकालेर थप चेकजाचँका लागि पिक्टन स्टेसनमा पुर्याईएको छ ।