विश्वका उत्कृष्ट देशको सूचीमा न्यूजिल्याण्ड एक स्थान तल झरेको छ ।
८९ राष्ट्रका करिब १७ हजार मानिसमा गरिएको सर्वेक्षणअनुसार विश्वका उत्कृष्ट देशहरूको पछिल्लो विश्वव्यापी वरियतामा न्यूजिल्याण्ड नवौं स्थानमा पुगेको छ । यसअघि न्युजिल्याण्ड ८ औँ स्थानमा रहेको थियो ।
विश्वका उत्कृष्ट देशको सुचीको पहिलो स्थानमा भने स्वीजरल्याण्ड रहेको छ । त्यस्तै दोस्रोमा जापान, तेस्रोमा अमेरिका, चौथोमा क्यानडा, ५औं मा अष्ट्रेलिया रहेको छ । स्वीडेन, जर्मनी, बेलायत क्रमश: छैठौ, सातौँ र आठौँ स्थानमा रहेका छन् । न्युजिल्याण्ड ९ औँ स्थानमा रहदा १० औँमा बह्ने डेन्मार्क रहेको छ । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयको व्हार्टन स्कुलसँगको साझेदारीमा US News & World Report द्वारा संचालित वार्षिक उत्कृष्ट देशहरूको र्याङ्किङमा करिब १७ हजार मानिसमाझ जीवन स्तर, स्वास्थ्य, सुरक्षा, रोज्गार आदी सुचक बनाएर सर्वेक्षण गरेको थियो ।


