न्युजिल्याण्डमा आजबाट डे लाईट सेभिङ सुरु भएको छ । गर्मी महिनामा अली बढी समय उज्ज्यालो होस् भनेर न्युजिल्याण्डमा आजबाट घडीको समयलाई एक घण्टा अगाडि बढाईएको हो । आज बिहान १ बजे पछि २ नबजि ३ बजेको र यहा एक घण्टा घटाईएको हो । यस्तो गर्दा अब न्युजिल्याण्डमा अबेर सम्म घामको किरण देख्न सकिन्छ । आजबाट सुरु भएको डे लाईट सेभिङको अन्त्य भने अर्को वर्षको अप्रिलमा हुने छ । सन् २०२५ को अप्रिल ६ तारिकका दिन बिहान २ बजेर ३ बज्नु पर्नेमा समय पुन: २ बजे मै पुग्ने छ । यस्को अर्थ अप्रिलबाट एक घण्टा समय बढाईने छ ।
मानिसहरु न्युजिल्याण्डमा आज राती एक घन्टा कम सुत्न पाएका छन् । सधैं बिहान सात बजे उठेर काममा जानुपर्ने मान्छेले आज वास्तवमा ६ बजे नै काममा पुग्ने छन् । तर, बिहान एक घण्टा कम सुत्न पाउदा मानिसले साँझको एक घण्टा बढी उज्यालो देख्न पाउने छन् ।
‘डेलाइट सेभिंग टाइम’ भनेको दिनको उज्यालो जोगाउन समय सार्ने (उदाहरण, बेलुका सधैं ६ बज्दा सरकारले राष्ट्रिय वा प्रान्तीयरुपमा समय सारेर ५ मात्रै बजाएर एकघण्टा दिनको उज्ज्यालो बढाउने) चलन हो।
कसरी सुरु भयो यस्तो समय हेरफेर गरिरहने चलन ?
अमेरिकन वैज्ञानिक बेन्जामिन फ्र्यांकलिन, न्युजिल्याण्डका वैज्ञानिक जर्ज हडसन र अंग्रेज विलियम विलेट लगायतका चिन्तकहरूले १८ औं र १९ औं शताब्दीतिर दिनमा उज्यालो हुने समय अलि बढाउने योजनाको वकालत गरेका थिए। यद्यपि यो अवधारणा एक शताब्दी भन्दापछिसम्म पनि पूर्णरूपले बहसमा आएन।
अमेरिकन वैज्ञानिक बेन्जामिन फ्र्यांकलिन, न्युजिल्याण्डका वैज्ञानिक जर्ज हडसन र अंग्रेज विलियम विलेट लगायतका चिन्तकहरूले १८ औं र १९ औं शताब्दीतिर दिनमा उज्यालो हुने समय अलि बढाउने योजनाको वकालत गरेका थिए। यद्यपि यो अवधारणा एक शताब्दी भन्दापछिसम्म पनि पूर्णरूपले बहसमा आएन।
सन् १८९५ मा न्युजिल्याण्डका वैज्ञानिक जर्ज वर्नन हडसनले वेलिंग्टन ‘दर्शनशास्त्र समाज’समक्ष अक्टोबरमा समयलाई दुई घण्टा अगाडि र मार्चमा दुई घण्टापछाडि सार्नुपर्ने कुराबारे लिखित प्रस्ताव पेश गरेका। तर उनको आलोचना गरियो र यो भ्रमपूर्ण छ भनेर यो प्रस्तावको खुब गिल्ला गरियो। द हिस्ट्री च्यानलका अनुसार दिनको उज्यालो समय बचाउने विचारको श्रेय बेन्जामिन फ्र्यांकलिन, जर्ज हडसन र विलियम विलेटलाई नै जान्छ। उनीहरुले सन् १९०७ मा ‘दि वेस्ट अफ डेलाइट’ अर्थात् ‘खेर गएको दिनको उज्यालो’ नामक पर्चा प्रकाशित गरे जसमा ग्रीष्मको थप ८० मिनेटको घाम छँदाको तर्क थियो।
बेलायतले विलेटको प्रस्तावमा त्यस समयमा खासै चासो नदिए पनि, जर्मनीले पहिलो विश्वयुद्धको बेला दिनको उज्ज्यालोको अधिकतम उपयोग गरेर बिजुली संरक्षण गर्ने उपायको रूपमा ‘उज्ज्यालो-बचत समय’ लागू गर्यो। लेखक तथा इतिहासकार डेभिड प्रेराउले ‘नेशनल जिअग्राफिक’लाई दिएको अन्तरवार्तामा भनेका छन् “बेलायतीहरुले घडीलाई एक घन्टा अगाडि बढाउने र काम गर्ने घण्टामा दिनको उज्यालो बढाउने विलेटको विचारलाई वर्षौंदेखि सम्झना गरिरहँदा, जर्मनहरूले भने यो प्रणाली लागू गर्ने निर्णय गरे।” जर्मनी त्यसबेलाको सबभन्दा शक्तिशाली युरोपेली मुलुक थियो। उसले देशको हरेक घडी एक घण्टाअगाडि घुमाउने निर्णय गर्यो। यसको लक्ष्य भनेको कृत्रिम प्रकाश बिजुलीको प्रयोगलाई न्यूनतम बनाउनु थियो ताकि बचेको ईन्धनलाई युद्धको बेला उपयोग गर्न सकियोस। त्यसको लगत्तै अस्ट्रिया, फ्रान्स र संयुक्त अधिराज्य लगायतका अन्य युरोपेली देशहरूले पनि त्यस्तै निर्णय गरे।


