न्युजिल्याण्डमा पहिलो पटक तेस्रो लिङ्गी/समलिङ्गीको जनसंख्या सार्वजनिक, कुन क्षेत्रमा कति ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा पहिलो पटक तेस्रो लिङ्गी/समलिङ्गीको जनसंख्या सार्वजनिक, कुन क्षेत्रमा कति ?

   October 3, 2024  

न्युजिल्याण्डमा पहिलो पटक तेस्रो लिङ्गी समुदायको संख्या सार्वजनिक भएको छ । सन् २०२३ को मतगणना अनुसार न्युजिल्याण्डमा बसोबास गर्ने तेस्रो लिङ्गी समुदायको संख्या सार्वजनिक गरिएको हो । सेन्सेस डाटाको अनुसार हरेक २० जना नागरिकमा एक जना तेस्रो लिङ्गी व समलिङ्गी भएको नयाँ त्थ्याकंले देखाएको छ । कुल जनसंख्याको ४.९ % मानिस यो समुदायमा रहेका छन् । झन्डै ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा एक लाख ७२ हजार बढीले आफ्नो लैगिंक पहिचान फरक भएको बताएका छन् । यस्मा गे, लेस्बियन, बाईसेक्सुयल, ट्रान्सजेन्डर, नन बाईनेरी, ईन्टरसेक्स वा आफ्नो लैगिंक पहिचान फरक भएका समुदायहरु पर्छन् ।

कुन क्षेत्रमा कति ?

वेलिङ्टन: २९४९०
अकल्याण्ड: ५७३२४
क्यानटरबरी: २४१२९
वाईकातो: १४०४६
ओतागो: १०४४३
बे अफ प्लेन्टी: ७७६४
नर्थ ल्याण्ड: ४६०५
हक्स बे: ४०११
मानवातु, फङानुई: ७९७४
तारानाकी: ३३०६
साउथल्याण्ड: २५९२
तास्मान: १४६४