लाओसमा जारी आसियान समिटमा न्युजिल्याण्ड, अष्ट्रेलिया र क्यानडाका सरकारप्रमुख बिच भेट भएको छ ।
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो बिच त्रिपक्षिय भेट भएको हो । अन्तरराष्ट्रिय बिषयमा साझा धारणा बनाउने, ३ देश बिच कायम रहेको सम्बन्धलाई थप मज्बुत बनाउन लगायतको बिषयमा तीन नेताले सहमति जनाएको बताईएको छ । उनिहरु बिच हाल केही मुलुकमा भईरहेको युद्द र हमलाको सन्दर्भमा कुराकारी समेत भएको थियो । न्युजिल्याण्ड र अष्ट्रेलियाको प्रधानमन्त्रीले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त भ्रमण गर्न समेत निम्तो दिएका छन् ।


