न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन र भारतिय प्रधानमन्त्री मोदी बिच पहिलो पटक भेट – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन र भारतिय प्रधानमन्त्री मोदी बिच पहिलो पटक भेट

   October 11, 2024  

लाओसको भ्रमणमा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
लक्सन र मोदी बिचको यो पहिलो भेट हो । उनिहरु बिच यसअघि गत जुनमा फोनमा कुराकानी भएको थियो । भेटका क्रममा न्युजिल्याण्ड र भारत बिचको सम्बन्धको बारेमा चर्चा भएको थियो । प्रधानमन्त्री लक्सनले न्युजिल्याण्ड भारतियहरुका लागि दोस्रो घर भएको बताउदै न्युजिल्याण्ड र भारतबिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु पर्नेमा जोड दिए । न्युजिल्याण्डको तर्फबाट व्यापार मन्त्री टोड म्याक्लेले हालसम्मा ३ चोटि भारत भ्रमण गरेको, उपप्रधानमन्त्री विन्स्टन पिटर्स पनि केही महिना अघि भारत गएको र भारतका राष्ट्रपति दौप्रदी मुर्मुले न्युजिल्याण्डको भ्रमण गरेको कुराको स्मरण गर्दै दुई नेताले चाडै एकअर्काको देशको भ्रमण गर्ने बताईएको छ । लक्सनले आफु भारत आउने तयारीमा रहेको बताएका छन् भने मोदीले पनि आफु न्युजिल्याण्ड आउने ईच्छा पहिल्यै देखि भएको बताएका थिए ।