नेल्सनमा आइतबार ‘युथ नाइट’: चर्चित नाइट क्लबमा नेपाली गीतमा झुम्नेछन् नेपाली – New Zealand News Nepal (NZ News Nepal)

नेल्सनमा आइतबार ‘युथ नाइट’: चर्चित नाइट क्लबमा नेपाली गीतमा झुम्नेछन् नेपाली

   May 28, 2025  

नेल्सन नेपालिज फुटबल क्लबले आगामी आइतबार नेल्सनको प्रसिद्ध इन्डस्ट्री बार एण्ड नाइट क्लब मा विशेष युथ नाइट आयोजना गर्न लागेको छ।

यो सांगीतिक साँझमा नेपाली गीतहरू मात्र बज्नेछन् जसले नेपाली समुदायलाई एकै ठाउँमा भेला भएर मनोरञ्जन र नृत्य गर्ने अवसर दिनेछ। क्लबका आयोजकहरूले नेपाली युवाहरूलाई यो साँझमा आउन र आफ्नै गीतमा रमाउन आग्रह गरेका छन्।

नेपाली गीतहरूमा नाच्ने र रमाउने मौका पाउन नेपाली समुदायहरूले यो कार्यक्रममा सक्रिय सहभागिता जनाउने अपेक्षा गरिएको छ। यस्तो कार्यक्रमले नेपाली संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने साथै नयाँ पुस्तालाई सांगीतिक रुपमा एकताबद्ध गर्ने उद्देश्य राखेको छ।

नेल्सनका नेपालीहरूका लागि यो एक सुनौलो अवसर हुन गइरहेको छ जहाँ उनीहरूल नेपाली गीतहरू मात्र  नाच्न र आनन्द लिन सक्नेछन्।