क्यान्टरबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्बिरोध चयन – New Zealand News Nepal (NZ News Nepal)

क्यान्टरबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्बिरोध चयन

   January 12, 2026  





क्यान्टरबरी नेपाली सोसाइटीको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष श्री दीपक पाण्डेयज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री नारायण सुवेदीज्यूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।

साधारण सभाबाट निवर्तमान उपाध्यक्ष श्री जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध रूपमा चयन गरिएको हो। निर्वाचन प्रक्रियामा संस्थापक अध्यक्ष श्री विष्णु पोखरेल तथा पूर्व अध्यक्षद्वय श्री ध्रुव खनाल र श्री खिमा नन्द रिजालले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो।

साधारण सभाबाट चयन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा संस्थापक सदस्य श्री विनोद कँडेल, सचिवमा श्री दुर्गा अर्याल, सह–सचिवमा श्रीमती कोपिला काफ्ले तथा कोषाध्यक्षमा श्री केशव कँडेल चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा श्रीमती प्रतिमा ढकाल आचार्य, श्री तीर्थमणि अर्याल, श्री विजय भुशाल, श्रीमती नबिना के.सी., श्री बद्री अधिकारी, श्री विजय बराल, श्री विशाल गौतम तथा श्री चेतन शर्मा चयन हुनुभएको छ।

कार्यक्रमको अन्त्यमा नव–निर्वाचित अध्यक्षले आगामी दिनमा सोसाइटीका सबै पक्षसँग सहकार्य गर्दै संस्थाका गतिविधिहरूलाई अझ प्रभावकारी, समावेशी र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले साधारण सभाको सफलताका लागि सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य, निर्वाचन मण्डल तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।