नेल्सनमा ‘आ बाट आमा’ भोलि प्रदर्शन हुँदै – New Zealand News Nepal (NZ News Nepal)

नेल्सनमा ‘आ बाट आमा’ भोलि प्रदर्शन हुँदै

   February 21, 2026  

न्युजिल्याण्डमा नेपाली चलचित्र ‘आ बाट आमा’ प्रदर्शनमा आउने भएको छ। South Island अन्तर्गत पर्ने Nelson मा भोलि आइतबार उक्त चलचित्र विशेष प्रदर्शन गरिने जानकारी दिइएको छ।

चलचित्र नेल्सनस्थित State Cinema Nelson मा दिउँसो ३:२० बजे प्रदर्शन हुने नेल्सन नेपाली समुदायले जनाएको छ। परिवारसहित हेर्न मिल्ने भावनात्मक कथावस्तु बोकेको यस चलचित्रले आमाको माया, त्याग र सम्बन्धको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

निर्देशक Chandra Pant द्वारा निर्देशित यस चलचित्रले आमा र सन्तानबीचको गहिरो सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। कथामा वैदेशिक भविष्यको खोजीमा विदेश जान तयारी गरिरहेका एक युवक (Paul Shah) को मनोवैज्ञानिक र पारिवारिक द्वन्द्वलाई चित्रण गरिएको छ, जुन विषय न्युजिल्याण्डस्थित नेपाली समुदायका लागि अत्यन्त सान्दर्भिक मानिन्छ।

यस चलचित्रमा Rabindra Jha, Simran Pant, Saigrace Pokharel, Pradeep Rawat, Bipana Thapa र Usha Upreti लगायतका कलाकारहरूको अभिनय रहेको छ।