न्युजिल्याण्डाकी पुर्व प्रधानमन्त्री नै अष्ट्रेलिया ‘मुभ’ हुदै ! सिड्नीमा घर किन्ने चर्चा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डाकी पुर्व प्रधानमन्त्री नै अष्ट्रेलिया ‘मुभ’ हुदै ! सिड्नीमा घर किन्ने चर्चा

   February 26, 2026  

न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डर्न अष्ट्रेलियामा बसाइ सर्ने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ। अष्ट्रेलियाको रियल इस्टेट वेबसाइट RealEstate.com.au ले उनले सिड्नीको उत्तरी समुद्री किनार क्षेत्रका घरहरू हेर्दै गरेको रिपोर्ट गरेपछि यो विषय चर्चामा आएको हो।

रिपोर्टअनुसार आर्डर्न र उनका पति क्लार्क गेफ़ोर्डले सिड्नीका Curl Curl र Freshwater क्षेत्रमा बिक्रीमा रहेका घरहरू अवलोकन गरेका थिए।

आर्डर्नका प्रवक्ताले जारी गरेको वक्तव्यमा उनको परिवार केही वर्षदेखि विभिन्न देशमा यात्रा गरिरहेको र हालका लागि अष्ट्रेलियालाई आधार बनाएर बसिरहेको उल्लेख गरिएको छ। “अहिलेलाई पूर्व प्रधानमन्त्रीहरू अष्ट्रेलियाबाट काम गरिरहेका छन्, जसले न्युजिल्याण्ड फर्किन पनि सहज बनाउँछ,” वक्तव्यमा भनिएको छ।

आर्डर्न, उनका पति क्लार्क गेफोर्ड र उनीहरूको ७ वर्षीया छोरी निभ यसअघि अमेरिकामा बस्दै आएका थिए, जहाँ आर्डर्न Harvard University मा कार्यरत थिइन्। उनी Earthshot Prize की ट्रस्टी पनि हुन्, जुन Prince William द्वारा स्थापना गरिएको वातावरणीय पुरस्कार कार्यक्रम हो।

मार्च २०२५ मा आर्डर्न University of Oxford को Blavatnik School of Government मा Distinguished Fellow तथा विश्व नेताहरूको सर्कलको सदस्यका रूपमा आबद्ध भएकी थिइन्। हालै उनले आफ्नो संस्मरण A Different Kind of Power तथा बालबालिकाका लागि Mum’s Busy Work नामक पुस्तक पनि सार्वजनिक गरेकी छन्।