न्युजिल्याण्डमा आज ८२ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछील्लो २४ घण्टामा देशभर ७० जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ४२९ पुगेको छ । २५ जनाको अस्पतालमा उपचार भईरहेको छ । २ जनालाई भने आईसियुमा राखेर उपचार गराईरहेको मन्त्रालयले जनाएको छ । सकृय संक्रमित मध्ये ४१५ जना अकल्याण्डमा रहेका छन् भने १४ जनालाई वेलिङटनमा संक्रमण देखिएको छ ।


