अकल्याण्डको Countdown सुपरमार्केटमा ६ जना माथि छुरा प्रहार, प्रधानमन्त्रीले भनिन्, ‘आतंकी हमला’ – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डको Countdown सुपरमार्केटमा ६ जना माथि छुरा प्रहार, प्रधानमन्त्रीले भनिन्, ‘आतंकी हमला’

   September 3, 2021  

न्युजील्याण्ड एक “हिंसात्मक चरमपन्थी” को प्रहरिको गोली लागि मृत्‍यु भएको छ । अकल्याण्डको एक सुपरमार्केटमा ति मानिसले कम्तीमा छ जनालाई छुरा प्रहार गरी घाईते बनाएका थिए । प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त घटनालाई “आतंकवादी हमला” भनेकी छिन् । प्रहरीको निगरानीमा रहेका श्रिलंकाली नागरिकको उक्त घटना गरेका थिए । पहिचान हुन नसकेको ती व्यक्ति इस्लामिक स्टेट आतंकवादी समूहबाट प्रेरित भएको प्रधानमन्त्री आर्डर्नले बताईन् । आक्रमणको ६० सेकेन्डमा पुलिसले ती व्यक्तिलाई गोली प्रहार गरेको थियो । “आज जे भयो घृणित थियो, यो घृणित थियो यो गलत थियो,” प्रधानमन्त्री आर्डर्नले शुक्रवार दिउँसो पत्रकार सम्मेलनमा भनिन्।” उनले यो घटना निन्दनीय भएकोसमेत बताएकी छन् । आक्रमणकारी २०११ मा न्यूजिल्याण्ड पुगेको बताइएको छ ।