न्युजिल्याण्ड मा आज २१ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका महानिर्देशक यस्ले ब्लुमफिल्डका अनुसार पछील्लो २४ घण्टामा देशभर २१ जनामा कोरोनाको संक्रमण भेटिएको बताएका छन् । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ८४१ पुगेको छ । १४७ जना भने संक्रमण मुक्त भईसकेका छन् । आज देखिएका सबै २१ जना अकल्याण्डमा भेटिएका संक्रमित हुन् ।
कोरोना संक्रमितको संख्यामा कमी आए सँगै न्युजिल्याण्ड सरकारले अकल्याण्डबाहेकका शहरहरुमा लगाएको लेभल ३ को लकडाउनलाई केही खुकुलो पार्दै आज मध्यरातबाट देशलाई लेभल २ मा लादै छ । सबैभन्दा बढी संक्रमित देखिएको अकल्याण्डमा भने अझै एक साता लेभल ४ नै कायम रहने छ । बाँकी देश भने आज मध्यरात १२ बजेबाट लेभल २ मा जाने भएको हो ।


