न्युजिल्याण्ड यती बेलामा नेपाली विद्यार्थीको लागि शैक्षिक गन्तब्य बन्दै गएको छ । सन् २०२३ मा ५५२ जना नेपाली पढ्नका लागि न्युजिल्याण्ड आएका छन् । गत वर्ष २ हजार १ सय २९ जना नेपाली विद्यार्थीले न्युजिल्याण्डको लागि भिसा आवेदन हालेका थिए । त्यसमध्य कुल ७४ % भिसा डिक्लाईन भएको थियो । १५६६ जना विद्यार्थीको भिसा अस्विकृत हुँदा ५५२ जनालाई न्युजिल्याण्डमा पढ्न अनुमती दिएको थियो । न्युजिल्याण्डमा बिद्यार्थी भिसा आवेदन दिने देशहरुमा नेपाल तेस्रो नम्बरमा पर्दछ । पहिलोमा चीन र दोस्रोमा भारत रहेको छ । न्युजिल्याण्ड ईमिग्रेसनमा सन् २०२३ मा ४० हजार ९ सय २२ वटा स्टुडेन्ट भिसाको आवेदन प्राप्त भएको थियो । यि मध्य चीनबाट ९ हजार ५ सय ५३ र भारतबाट ८ हजार ८ सय १० वटा एप्लिकेसन प्राप्त भएको थियो । चीनका बिद्यार्थीको भिसा स्विकृती दर ९४ % रहेको छ भने भारतको ५८ % रहेको छ । ४० हजार ९ सय २२ मध्ये सन् २०२३ मा ३२ हजार ७ सय ६ जनाको भिसा स्विकृत गरिएको थियो भने ७ हजार ६ सय ८९ जनाको भिसा रिजेक्ट भएको थियो ।


