मौसम: नर्थमा भिषण हावाहुरी, साउथमा हिमपात, यि क्षेत्रमा जारी गरियो चेतावनी ! – New Zealand News Nepal (NZ News Nepal)

मौसम: नर्थमा भिषण हावाहुरी, साउथमा हिमपात, यि क्षेत्रमा जारी गरियो चेतावनी !

   May 29, 2024  

न्युजिल्याण्डको मौसममा बद्ली आउने भएको छ । देशभरको मौसममा बुधबारबाट बद्ली आउने मेट सर्भिसले जनाएको छ । नर्थ आईल्याण्डको उत्तरी क्षेत्रमा भीषण हावाहुरीको सम्भावना रहेको छ भने साउथको हिमाली क्षेत्रमा भारी हिमपात हुने छ । नर्थको कोरोमन्डल, अकल्याण्ड, ह्यामिल्टन, बे अफ प्लेन्टी क्षेत्रमा हावाहुरीको चेतावनी जारी गरिएको छ । यि क्षेत्र धेरै प्रभावित हुने मौसम बिभागले जनाएको छ । यि क्षेत्रमा चट्याङसहित वर्षा पनि हुने छ ।

उता साउथ आईल्याण्डमा हिमपात सुरु हुने छ । केही क्षेत्रमा भारी हिमपात हुने मेट सर्भिसले जारी गरिएको सुचनामा उल्लेख छ । साउथको एरोटाउन, टे अनौ, वानका, ओमारमा, मिल्फोर्ड साउण्ड लगायतको क्षेत्रमा भारी हिमपातको चेतावनी जारी गरिएको छ ।