न्युजिल्याण्डभरी कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । न्युजिल्याण्डमा आज सम्म ९ हजार ८८ जनामा कोरोनाको संक्रमण देखापरेको छ । जसमध्य ३ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । आज मात्र देश भरि २२२ जनामा कोरोनाको संक्रमण देखिएको हो । त्यस्तै आज एक जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न्युजिल्याण्डमा हालसम्म कोरोनाको कारण ३५ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोनाको बिमारीबाट निको हुनेको संख्या ५ हजार १ सय ८२ रहेको छ ।


