सामोवामा कमनवेल्थ राष्ट्रका प्रमुखको बैठक सुरु, न्युजिल्याण्डबाट प्रधानमन्त्री र उपप्रधानमन्त्री सहभागी – New Zealand News Nepal (NZ News Nepal)

सामोवामा कमनवेल्थ राष्ट्रका प्रमुखको बैठक सुरु, न्युजिल्याण्डबाट प्रधानमन्त्री र उपप्रधानमन्त्री सहभागी

   October 23, 2024  

कमनवेल्थ राष्ट्रका सरकारप्रमुखहरुको बैठक सामोवामा गत सोमबारबाट सुरु भएको छ ।

बैठकमा ५६ कमनवेल्थ राष्ट्रका सरकारप्रमुखहरु सहभागी भएका छन् ।

न्युजिल्याण्डका तर्फबाट प्रधानमन्त्री क्रिस्टोफर लक्सन र उपप्रधानमन्त्री विन्स्टन पिटर्स बैठकमा सहभागी हुँदै छन् ।

बैठकमा बिशेष उपस्थितीका लागि राजा चाल्स पनि समोवा जादैँ छन् । हाल अष्ट्रेलियाको भ्रमणमा रहेका राजा सिधै सामोवा पुग्ने छन् ।

बैठक शनिबारसम्म चल्ने छ ।