कम्मरमा लागेको चोटका कारण न्युजिल्याण्ड क्रिकेटका पुर्व कप्तान केन विलियमसनले भारत बिरुद्दको दोस्रो टेस्ट खेल पनि गुमाउने भएका छन् ।
चोटका कारण हाल न्युजिल्याण्डमै आराम गरिरहेका विलियमसन कुनै खेल खेल्न हाल फिट नरहेकाले उनी तत्काल क्रिकेटमा नफर्किने भएका हुन् ।
पहिलो टेस्ट खेल जितेको न्युजिल्याण्डले बिहीवार पुणेमा भारतसँग दोस्रो टेस्ट खेल्दै छ । बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्याण्डले ८ विकेटको जित निकालेको थियो ।


