अब Warehouse मा फलफुल र तरकारी – New Zealand News Nepal (NZ News Nepal)

अब Warehouse मा फलफुल र तरकारी

   June 30, 2023  

न्युजिल्याण्डको चर्चित तथा सबैभन्दा ठुलो रिटेल स्टोर वेयरहाउसमा अब देखि फलफुल तथा तरकारी पनि बिक्रीमा राखिने भएको छ ।
वेयरहाउसले केही हफ्ता भित्रै देशभरका ९० वटा भन्दा बढी स्टोरमा ताजा फलफुल तथा तरकारी बिक्री गर्न लागेको हो ।
यस्का लागि ४ वटा स्टोरमा ट्रायल सुरु गरिएको छ । ह्यामिल्टन, तउरङा, क्राईसचर्च र डुनेडिनका स्टोरमा ताजा फलफुल तथा तरकारी बिक्रीका लागि राखिएको छ । यस अघि अकल्याण्ड, वेलिङ्टन, रिकार्टन, तिमारु र इभरकार्गिलका केही स्टोरमा ट्रायल सुरु गरिएको थियो । यि स्टोरमा अहिले पनि ताजा फलफुल तथा तरकारी किन्न सकिन्छ ।

निकट भविष्यमा न्युजिल्याण्डमा रहेको अधिकाशं स्टोरमा ताजा फलफुल तथा तरकारी किन्न पाईने द वेयर हाउस ग्रुपमा सिईओ निक ग्रेस्टोनले बताएका छन् । यसअघि सन् २००६ मा वेयर हाउसले Warehouse Extra भनेर ताजा फलफुल, तरकारी लगायत अन्य खानेकुराहरु बिक्रीमा राखेको थियो ।  ३ वटा  Warehouse Extra खोलिएपनि दुई वर्ष पछि बन्द गरिएका थिए ।

द वेयर हाउस ग्रुप अन्तर्गत वेयर हाउसका ९० भन्दा बढी स्टोर देशभर संचालनमा छन् । त्यस्तै ७० वटा वेयर हाउस स्टेसनरी पनि यसै कम्पनीले संचालन गर्दै आएको छ । त्यस्तै अर्का दुई चर्चित स्टोरहरु Torpedo 7  र Noel Leeming पनि द वेयर हाउस ग्रुप अन्तर्गत नै संचालनमा छन् । न्युजिल्याण्डमा Torpedo 7 को २१ र Noel Leeming को ७० वटा भन्दा बढी स्टोर संचालनमा छन् ।