१८ दिन पछि खुल्यो मुसा आंतकले बन्द रहेको डनेडिनको Countdown – New Zealand News Nepal (NZ News Nepal)

१८ दिन पछि खुल्यो मुसा आंतकले बन्द रहेको डनेडिनको Countdown

   February 28, 2024  

१८ दिन अघि स्टोरमा मुसा भेटिएपछि बन्द रहेको साउथ आईल्याण्ड स्थित डुनेडिनको  Countdown सुपर मार्केट आज बाट खुलेको छ ।
गत जनवरीबाट नै स्टोरमा मुसा देखिन थालेको थियो तर गत ९ फेब्रुअरीमा धेरै संख्यामा मुसा स्टोरमा देखिए पछी स्टोरलाई बन्द गरिएको थियो ।

‘पेस्ट कन्ट्रोलको लागि केही दिनको लागि स्टोर बन्द गर्न लागिएको हो ‘ स्टोर बन्द हुने दिन ले जारी गरेको सुचनामा उल्लेख गरिएको थियो ।

पेस्ट कन्ट्रोल र सरसफाई पछि गत आईतबारबाट स्टोर खोल्ने निर्णय गरिएको थियो । तर आईतबाट स्टोर खोल्ना साथ केही मुसा फेरी देखिएकाले हिजो सम्म बन्द रहेको थियो ।

हालसम्म कर्मचारीले २४ वटा मुसालाई नियन्त्रणमा लिईसकेका छन् । पछिल्लो ४८ घण्टामा कुनै मुसा नदेखिए पछि स्टोर आज बाट पुन: संचालनमा आएको हो ।