संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय – New Zealand News Nepal (NZ News Nepal)

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

   September 16, 2024  

सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद वैठकले यो निर्णय लिएको हो।

भोलि अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

आज माओवादीको अवरोधका कारण प्रतिनिधि सभा बैठक बस्न सकेन। दलहरुका प्रमुख सचेतक र सभामुखबीच सदन खुलाउने सम्बन्धमा बैठक बसे पनि सहमति भने हुन नसकेपछि दुई पटक सारिएको बेठक बस्न नसकी स्थगित भएको हो।