२०२५ को पहिलो Super Full Moon ले चम्कायो न्युजिल्याण्डको आकाश – New Zealand News Nepal (NZ News Nepal)

२०२५ को पहिलो Super Full Moon ले चम्कायो न्युजिल्याण्डको आकाश

   October 8, 2025  

सन् २०२५ को पहिलो सुपर फुलमुन (Super Full Moon) मंगलबार राति आकाशमा देखिँदा देशभरका मानिसहरूले अद्भुत दृश्य अवलोकन गरेका छन्।

मंगलबार राति चन्द्रमा सामान्य भन्दा झन् ठूलो र अझ उज्यालो देखिएको थियो। धेरैले आकाशतर्फ हेरेर त्यस अनुपम क्षणलाई आफ्नो क्यामेरामा कैद गरेका छन्। खगोलविद्हरूका अनुसार, सुपरमुन मंगलबार सबैभन्दा पूर्ण अवस्थामा देखिए पनि बुधबार रातिसम्म पनि यसको सुन्दर झल्को आकाशमा हेर्न सकिनेछ।

स्टार्डोमका खगोलविद् जोश अओराकी का अनुसार, “प्रत्येक वर्ष केही पटक सुपरमुन देखिन्छ, तर हरेकपटक यसको आकार र चमक फरक हुन्छ।”

MetService का अनुसार, आगामी केही दिन न्युजिल्याण्डका अधिकांश स्थानमा आकाश सफा रहने अनुमान गरिएको छ।
त्यसैले देशका धेरैजसो स्थानबाट सुपर फुलमुनको अद्भुत अवलोकन गर्न सकिनेछ। तर नर्थल्यान्ड, वाइकाटो, बे अफ प्लेण्टी र ताउपो क्षेत्रमा भने केही बादल लाग्ने र हल्का वर्षा पर्ने सम्भावना रहेको MetService ले जनाएको छ।